- Advertisement -

- Advertisement -

जेनजी र नेकपा माओवादी बिच ४ बुँदे सहमति

- Advertisement -

- Advertisement -

काठमाडौं ।  मिराज ढुंगाना नेतृत्वको जेनजी समूह र नकपा माओवादी बीच कार्यगत एकता गर्ने सहमति भएको छ । आज नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव र जेनजी समूहका संयोजक मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति भएका ४ वटा बुँदाहरु यसप्रकार रहेका छन्

१ सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

२ जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने ।

३ आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने ।

४ विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने ।

ढुंगाना नेतृत्वको जेनजी समूह र नेपाल कम्युनिस्ट पार्टी माओवादीले आज माइतीघरमा प्रदर्शन पनि गरेको थियो । सोक्रममा ढुंगानाले जेनजी विद्रोहबाट अर्थहीन निर्वाचनमात्रै पाएको टिप्पणी गरे । अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको उनको भनाइ थियो । ‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ,’ उनले भने, ‘व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या रहेकाेले सहमति गरेर अगाडी बढ्ने निर्णय गरेकाे हाैँ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...