- Advertisement -

- Advertisement -

एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको विजयी शुरूआत

- Advertisement -

- Advertisement -

काठमाडाै‌ । एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा फ्रेन्ड्स क्लबले विजयी शुरूआत गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार खेलिएको उद्‌घाटन खेलमा फ्रेन्ड्स क्लबले काँक्रेबिहार युथ क्लबलाई ३–१ गोलले हराएको हो । खेलमा अग्रता भने काँक्रेबिहार युथ क्लबले लिएको थियो । खेल शुरू भएको छैटौं मिनेटमै फ्रेन्ड्स क्लबका कमल श्रेष्ठबाट आत्मघाती गोल भएपछि काँक्रेबिहार अगाडि बढेको थियो ।

- Advertisement -

- Advertisement -

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रेन्ड्स क्लबका प्रशान्त लकसमले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याएका थिए । यसैगरी, निर्धारित समयको ५९औं मिनेटमा प्रवेश बस्नेतले फ्रेन्ड्स क्लबलाई २–१ गोलको अग्रता दिलाएका थिए । निर्धारित समयको अन्तिम समयमा आशिष चापागाईंले फ्रेन्ड्स क्लबका लागि तेस्रो गोल थपेका थिए । बुधबारको दोस्रो खेल श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच एन्फा कम्प्लेक्स मैदानमै दिउँसो १५:०० बजे शुरू हुनेछ । एन्फा राष्ट्रिय लिगको यो तेस्रो संस्करण हो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...