- Advertisement -

- Advertisement -

युवा समाजसेवी पदम भण्डारीकाे पहलमा रामाराेशनमा १३ लाखको पुस्तकालय स्थापना

- Advertisement -

- Advertisement -

काठमाडौं । अछामको रामारोशन गाउँपालिका वडा नंं ७ सुतार स्थित श्री बिन्देश्वरी नमुना माविमा एक भव्य समारोहको आयोजना गरी शिक्षा र बौद्धिक विकासलाई लक्षित गर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, काठमाडौँद्धारा संघका जिल्ला सदस्य तथा चर्चिय युवा समाजसेवी पदम भण्डारीकाे पहलमा पुस्तकालय स्थापना गरिएको छ । संघले करिब १३ लाख रुपैयाँ बराबरका पुस्तकहरू पुस्तकालयका लागि  हस्तान्तरण गरेको हो ।

- Advertisement -

- Advertisement -

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंका सदस्य भण्डारी  काठमाडौंमा रोजगारी, शिक्षा वा अन्य प्रयोजनले गाउँबाट आएका धेरै व्यक्तिहरू अप्ठ्यारोमा पर्दा व्यक्तिगत पहलमा सहयोग गरिरहने व्यक्ति हुन । उहाँको यही सामाजिक उत्तरदायित्व र सेवाभावकै निरन्तरता स्वरूप रामारोशनमा पुस्तकालय स्थापना गरिएको हो । स्थापित पुस्तकालयले विद्यार्थी, युवा तथा सर्वसाधारणलाई अध्ययन, अनुसन्धान र आत्मविकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । विद्यालय परिवार र स्थानीयवासीहरूले यस कार्यलाई रामारोशनको शैक्षिक विकासतर्फको ऐतिहासिक कदमका रूपमा लिँदै भण्डारीप्रति आभार व्यक्त गरेका छन् । शिक्षा, ज्ञान र समाज रूपान्तरणको अभियानमा निजी प्रयासबाट गरिएको यो योगदानले आगामी पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायत अन्य कर्मचारी र समाजका अन्य गन्यमान्य व्यक्तित्वहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । साथै रामारोशनमा जनताको नाममा साशन गरिरहेका शासक र प्रशासकहरुले गर्न नसकेको काम पदम भण्डारीले गरेकोमा आम रामारोशनबासीले उनलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...