- Advertisement -

- Advertisement -

बागबजारमा ‘फ्लाइफिनिक्स’ एजुकेशन कन्सलटेन्सीको भव्य उद्घाटन

- Advertisement -

- Advertisement -

काठमाडौं । बागबजारमा फ्लाइफिनिक्स नामक एजुकेशन कन्सलटेन्सीको भव्य समारोहबीच औपचारिक रूपमा समुद्घाटन गरिएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त कन्सलटेन्सीको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि लेखराम सापकोटा रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका कार्यकारी निर्देशक विजय विश्वकर्माले गर्नुभएको थियो । सुशिला थापाले सञ्चालन गरेको समारोहमा हृदय गणेशले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा बलराम रोकाया, हेमराज साउद, रमेश जैसी, अशोक कुमार वि.क. तथा चर्चित साहित्यकार अमर न्यौपानेले फ्लाइफिनिक्स कन्सलटेन्सीले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले विदेश अध्ययन, क्यारियर काउन्सेलिङ र विद्यार्थी मार्गदर्शनमा संस्थाले इमान्दार र प्रभावकारी भूमिका खेल्ने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

उद्घाटन समारोहमा १५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ भव्य बनाएको थियो । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै फ्लाइफिनिक्स कन्सलटेन्सीले उद्घाटन समारोहको अवसरमा उत्पीडित समुदायका साथै जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । सोही क्रममा बबिता बिकलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो, जसलाई उपस्थित अतिथिहरूले सराहनीय कदमका रूपमा प्रशंसा गरेका थिए । यसअघि, कन्सलटेन्सीको उद्घाटनको पूर्वसन्ध्यामा बागबजार क्षेत्रमा बृहद् सरसफाइ कार्यक्रम समेत आयोजना गरिएको थियो । सरसफाइमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने संस्थाको प्रयास स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन् । फ्लाइफिनिक्स एजुकेशन कन्सलटेन्सीले आगामी दिनमा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय, पारदर्शी र भरोसायोग्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...