- Advertisement -

- Advertisement -

काठमाडौंमा बृदत् रक्तदान सहित खुला सत्संग कार्यक्रम सम्पन्न

- Advertisement -

- Advertisement -

काठमाडौं । काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित विजय स्मारक मावि प्राङ्गगणमा बृहत् रक्तदान शिविर सहित सत्सँग कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको सन्त निरंकारी मण्डल नेपाल केन्द्रीय कार्यालयले जनाएको छ ।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकजीको प्रमुख आतिथ्यतामा करिब पाँचसय भन्दा बढी सन्तभक्तहरुको उपस्थितिमा बृहत रक्तदान शिविर सहित उक्त कार्यक्रम सम्पन्न भएको थियो । रेडक्रस सोसाइटी पछि संसारमै सबैभन्दा बढी रक्तदान गर्दै आएको सन्त निरंकारी मण्डलले विश्वभर समय समयमा रक्तदान शिविरहरु सञ्चालन गर्दै आएको छ । सोही लक्ष्य अनुरुप आज आध्यात्मिक सत्संग कार्यक्रम सहित बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको मण्डलले जनाएको छ । रक्तदान कार्यक्रममा ४६ जना पुरुष र १६ जना महिला गरी जम्मा ६२ जना सन्तभक्त महानुभावले रक्तदान गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा युवा सन्त डा. बाबुराम भुललाई मण्डलद्धारा बधाई तथा सम्मान पनि गरिएको थियो । सन्त निरंकारी मण्डल नेपाल, नेपाल खुला विश्वविद्यालय र महालेखा परीक्षकको कार्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्तिको रुपमा उहाँलाई सम्मान गरिएको मण्डलले बताएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

धुर्व अधिकारीजीले सञ्चालन गरेको सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्ण पन्थी जी, सचिव अनिल महर्जन जी, सेवादल क्षेत्रीय सञ्चालक बाबुराज महर्जन जी, विजय विश्वकर्मा जी, प्रेरणा जी, मनोज भुपाली जी, विरेन्द्र चौधरी जी, देवानन्द तिमिल्सिना जी लगायत करिब  २४ जना  महात्माहरुले विचार, गीत, र कविताको माध्यमबाट विश्वबन्धुत्व, भाइचारा र सामाजिक सुधारको क्षेत्रमा सत्गुरु माता सुदिक्षा सबिन्दर हरदेव जी महाराजको मार्गनिर्देशनमा मण्डलले मानव जगतमा र सामाजिक सुधारको क्षेत्रमा सत्गुरु माता सुदिक्षा सबिन्दर हरदेव जी महाराजको मार्गनिर्देशनमा मण्डलले मानव जगतमा पुर्याउदै आएको योगदानको चर्चा गर्दै आध्यात्मकि ज्ञानद्धारा मात्र समाजमा शान्ति, अमन चयन र भातृत्वको भावना कायम गर्न सकिने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा मुख्य वक्ता महात्मा कृष्ण कन्हैया पाठकजीले सन्त निरंकारी मिशनको पवित्र ग्रन्ध सम्पूर्ण अवतार वाणी र हरदेव वाणीका श्लोकहरु उधृत गर्दै सन्त निरंकारी मिशनको उद्देश्य बारे सविस्तार वर्णन गर्नुभएको थियो । ब्रहाज्ञानको प्राप्ति बिना मानव जीवन सार्थक नहुने भन्दै सन्त निरंकारी मिशनका मार्गदर्शक सिद्धान्तहरु विज्ञानसम्मत रहेको समेत जानकारी गराउनुभयो । साथै उक्त कार्यक्रममा केहि जिज्ञासु महानुभावहरुलाई ब्रम्हज्ञान समेत प्रदान गरिएको मण्डलले जानकारी गराएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...