‘बसे है पालेदाइ’ गीत विवादमा, गीत नहटाए कलाकारलाई सामूहिक बहिस्कार गर्ने चेतावनी

यो पनि पढ्नुहोस

राति सुत्दा किन बाउँडिने खुट्टा ?

Events Held In Paris Beautifull And Amazing Things

Share

काठमाडौँ। ‘बसे है पालेदाइ’ लोकदोहोरी विवादित बनेको छ । बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ लगायत गायक,गायिकाको स्वर रहेको ‘बसे है पालेदाइ’ गीत विवादित बनेको हो ।

एक विज्ञप्ति जारी गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले गीतलाई युट्युब लगायत प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।

गीतमा विद्यालयलाई मायाप्रेम गर्ने थलोको रुपमा देखाइएको प्रतिबन्ध लगाउन माग गरिएको हो ।

उक्त विज्ञप्तिमा भनिएको छ ‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रुपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् ।

शिक्षकहरूलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रुपमा चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ,’

आफ्नो मागलाई बेवास्ता गरेमा गीत र गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिष्कार गर्ने समेत शिक्षक सङ्गठनहरूले चेतावनी दिएका छन् ।

 

https://youtu.be/KU4cl0TZuZc?si=GDVAEWRGjPzZGfXQ


Share
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...