एलिना भन्छिन् : रवि लामिछानेलाई चिन्दिनँ भन्दा मैले त्यसरी गाली खानु पर्ने के गरेकी छु र ?

काठमाडौँ । रवि लामिछाने चिन्दिनँ भनेको विषयमा गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी छन् । उनले सामाजिक संजालमा एकपोष्ट गर्दै रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको बताएको स्पष्ट पारेकी हुन् ।‘मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि दाइ समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’ टिकटकतिर सानो क्लिप काट्दै अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्ने काम भएको उनको बताइन् ।

यो पनि पढ्नुहोस

उनले भनिन्, भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला ।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताइन् ।‘म हजुरकै छोरी, चेली र बहिनी हो । त्यसैले त्यति तल झरेर गाली नगरिदिनु होला । मैले जानीजानी कुनै गल्ती गरेकी छैन,’ उनले भनेकी छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...