सुनको मूल्य दुई सयले बढ्यो, चाँदीको घट्यो

Share

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।जसअनुसार छापावाल सुनको मूल्य आज तोलाको एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय कायम भएको छ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।


Share
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...