तिनठाउँबाट पहिलो विद्यावारिधि गर्ने डा. बाबुरामलाई सन्त निरंकारी मण्डलद्धारा सम्मान

काठमाडाै‌ । सन्त निरंकारी मण्डल नेपाल, खुला विश्वविद्यालय र लेखापरीक्षकको कार्यालयबाट पहिलो व्यक्तिका रुपमा विद्यावारिधि गर्नुभएका बान्नीगढी जयगढ गाउँपालिका–३, बरदादेवी भुवामाझ अछामका डा. बाबुराम भुललाई सन्त निरंकारी मण्डल नेपालले सम्मान गरेको छ । विजय स्मारक मावि कालिकास्थान, डिल्लीबजार काठमाडौंमा मण्डलद्धारा आयोजित बृहत् रक्तदान तथा खुला आध्यात्मिक सत्संग कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

हाल महालेखा परीक्षकको कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहनुभएका बाबुराम भुलले नेपाल खुला विश्वविद्यालय किनारीकृत समुहका कर्मचारीहरुको सांगठनिक प्रतिबद्दताबारे अनुसन्धान गरि (Nepal Open University) बाट प्रतिनिधिमूलक कर्मचारीतन्त्रस् नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका व्यक्तिहरूमा सकारात्मक विभेद ९आरक्षण० सम्बन्धी दृष्टिकोण र संगठनात्मक प्रतिबद्धताबीचको सम्बन्ध (Representative Bureaucracy: The Relationship Between Attitudes Toward Affirmative Action and Organizational Commitment of Marginalized People in the Civil Service of Nepal) शीर्षकमा विद्यावारिधि पूरा गर्नुभएकाे हाे । उहाँको अनुसन्धानले नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका कर्मचारीहरूको आरक्षणप्रतिको धारणा र संस्थागत प्रतिबद्धताबीचको सम्बन्धलाई वैज्ञानिक ढङ्गले उजागर गरेको छ, जसले समावेशी शासन र सार्वजनिक नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

साथै अनुसन्धानको केही अंश Nepal Public Policy Review (NPPR) जस्तो प्रतिष्ठित, सह–समिक्षित जर्नलमा प्रकाशित हुनु बाबुरामको शैक्षिक उचाइको प्रमाण हो । २०८२ साल पुष १५ गते (31 December 2025) मा सम्पन्न उहाँको PhD Viva  केवल औपचारिक कार्यक्रम मात्र नभई संघर्षले जितेको ऐतिहासिक क्षण बनेको छ । ग्रामीण अछामको सरस्वती माध्यमिक विद्यालय, जयगढबाट एस‍‍‌ एल सी पास गर्नुभएका बाबुरामले निरन्तर अध्ययनमार्फत त्रिभुवन विश्वविद्यालयबाट एमफिल, जनप्रशासन, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा एलएलबी सम्मको यात्रा तय गर्नुभएका उहाँलाइ मण्डलकाे मात्र नभइ नेपालका लाखाैँ युवाहरुकाे निम्ति समेत प्रेरणा स्राेत भएकाे जिकिर गर्दै सम्मान गरिएकाे मण्डलले जनाएकाे छ ।

Comments (0)
Add Comment