“न पार्टीको दबाब, न स्वार्थको सौदा — मकवानपुर–२ का लागि स्वतन्त्र आवाज” स्वतन्त्र उम्मेदवार – शिव प्रसाद अधिकारी
“डर छैन, दबाब छैन
सत्ता होइन, सेवा हाम्रो लक्ष्य।”
“पुरानो खेल बन्द गरौँ, नयाँ आवाज ल्याऔँ
जनता पहिलो, पार्टी होइन, अब मकवानपुर समृद्ध बनाउने स्वतन्त्रको पालो।”
मकवानपुर–२ : परिवर्तनको सुत्रधारका रूपमा शिव प्रसाद अधिकारी अगाडि

मकवानपुर–२ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शिव प्रसाद अधिकारी निरन्तर जनसम्पर्क, भेटघाट र छलफलमा व्यस्त छन्। गाउँ–गाउँमा युवासँग संवाद, स्थानीय समस्या सुन्ने र समाधानका उपाय प्रस्तुत गर्ने क्रममा उनको अभियान दिनप्रतिदिन बलियो बन्दै गएको छ।
अधिकारी भन्छन्—
“नेता बन्न होइन, सेवक बन्न आएको हुँ। जब उत्पादनसँग जोडिन्छौँ, मकवानपुर समृद्ध बनाउनु सजिलो हुन्छ।”
वर्षौँदेखि पार्टीका नेताबाट धोका पाएका, काम गर्न चाहने वर्ग र युवाशक्ति अहिले अधिकारीको अभियानमा खुलेर जोडिँदै छन्।
उनको भनाइमा जनताको विश्वास झल्किन्छ—
“मेरो कुनै दल छैन, कार्यकर्ता छैन। तर माटो माया गर्ने दाजुभाइ–दिदीबहिनीको साथ छ, त्यसैले स्वतन्त्र उभिएको हुँ।”
उनको अभियानको मुख्य प्रतिबद्धता छ
“हरेक हातमा काम, हरेक घरमा सम्मान।”
यससँगै उनले सार्वजनिक गरेका सन्देशले चुनावी माहोल अझ तातिएको छ—
“अब समय आएको छ — पुराना वाचा र असफल नेताबाट मुक्त हुने।
हामी हौँ परिवर्तनका सूत्रधार।
मकवानपुर–२ बाट सुरु हुन्छ नयाँ सुरुवात — सत्य, सेवा र विकासको अभियान।”
स्वतन्त्र उम्मेदवार शिव प्रसाद अधिकारीको सक्रियता र स्पष्ट एजेन्डाले मकवानपुर–२ मा नयाँ विकल्पप्रति जनताको आकर्षण बढ्दै गएको देखिन्छ।