शेरबहादुर देउवा बचाउने राहुल शाह यस्तो भन्छन्

शेरबहादुर देउवा बचाउने राहुल शाह यस्तो भन्छन्

Share

शेरबहादुर देउवा बचाउने राहुल शाह यस्तो भन्छन्
उनी हुन् जेनजी युवा राहुल शाह । उनले जेनजी आन्दोलनको दिन शेरबहादुर देउबालाई बचाएका थिए । उनी भन्छन्: म २४ गते देउबाको घर पुग्दा देउबालाई मानिसहरूले कुटपिट गरिरहेका थिए । त्यहाँका मानिसहरूमा कुनै मानवता थिएन। मैले शेरबहादुर देउबाको टाउको फुटेको देखेँ । शरीर र लुगामा रगतै रगत देखिन्थ्यो। अनि मलाई ‘बचाउनुपर्छ’ भन्ने लाग्यो र जोखिम लिएर उहाँलाई सहयोग गरेँ। कतिले भने: पैसा खाएर देउबालाई बचायौ, किन बचायौ ? तर म त्यहाँ विशुद्ध मानवताको नाताले सहयोग गर्न गएको थिएँ । देउबाको ठाउँमा अरू कोही भएको भए पनि त्यसरी नै बचाउने थिएँ । जेनजी आन्दोलनको उद्देश्य नेतालाई घाइते बनाउने वा कुट्ने थिएन । कुटेरै हुने भए त कानुन किन चाहियो र ? देउबालाई त्यो दिन बचाउन पाउँदा खुसी लागेको छ ।

 


Share
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...