बालेनले दिए राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको हो ।

मेयर बालेन शाहको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो ।

यो पनि पढ्नुहोस

क्रिकेटमा सुदूरकी सम्झना

आज संसद् दिवस मनाइँदै

‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो ।

हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिवले यसबारे लिखित दिन आग्रह गरेका हुन् ।

यसैबीच भवन भत्काउन महानगरले माइकिङ गरेसँगै राप्रपा आन्तरिक छलफलमा जुटेको छ । राप्रपाका एक नेताले पार्टी कार्यालयको भवन महानगरले भत्काउन नसक्ने बताए । उनले यसबारे आफूहरु छलफलमै रहेको र के गर्ने भन्नेबारे छिट्टै निकास निकालिने बताए ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...